अमेरिका । मेक्सिकोमा मंगलवार राति शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भू–गर्भ सर्वेक्षणका अनुसार ७.४ रेक्टरको भूकम्पको धक्का महसूस गरिएको हो ।
शक्तिशाली भूकम्प गएसँगै अमेरिकी भूगर्भीय सर्वेक्षण युएस नेशनल ओशनिक एण्ड वायुमण्डल प्रशासनले सुनामी आउन सक्ने भन्दै चेतावनी दिएको छ । प्रशासनले मेक्सिको, दक्षिणी मेक्सिको, एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरासमा सुनामी आउन सक्ने चेतानवी दिएको हो ।
मेक्सिको शक्तिशाली भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूकम्पका कारण भवनहरु हल्लिएका थिए भने हजारौं मानिस आतंकित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० असार २०७७, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प
किमाथांका केन्द्र भएर भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का
फिलिपिन्समा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प
फिलिपिन्समा भूकम्प : मृत्यु हुनेको संख्या २६ पुग्यो
पश्चिम नेपालमा भूकम्प