नेपाली गोर्खा सैनिकको मृत्यु : छोरा आउने दिन कुर्दाकुर्दै मृत्युको खबर

पत्रपत्रिकाबाट

बुधबार, १० असार २०७७, ०८ : १६
नेपाली गोर्खा सैनिकको मृत्यु : छोरा आउने दिन कुर्दाकुर्दै मृत्युको खबर

काठमाडौं । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मु कश्मीरको लाइन अफ कन्ट्रोल क्ष्ँत्र नजिक सोमबार बिहान भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत दीपक कार्कीको मृत्यु भएको हो । 

गुल्मीका दीपकले पर्खिबसेका ९० वर्षीय बुबाको अन्तिम इच्छा पूरा गर्न पाएनन् । छत्रकोट गाउँपालिका ५ का उनी सुब्बा नामले गाउँमा चिनिन्थे ।  दुई वर्षअघि आमाको निधन भयो । बुबा शालिकराम, श्रमती, दुई छोरी र एक छोरालाई उनले रुपन्देहीको तिलोत्तमा बसाईँ सारेका थिए । पोहोरको गर्मी जेनतेन काटेका शालिकरामले यसपटक दीपकलाई फागुनमै फोन गरी छिटो छुट्टीमा आएर पहाड (गुल्मी) लैजान भनेका थिए ।

जवाफमा छोराले चैत अन्तिममा दुई महिनाको छुट्टीमा आउने र सँगै गुल्मी जाने बाचा गरेका थिए । तर लकडाउनका कारण उनी उतै थुनिए भने छोरो आउने बाटो हुर्दै बसेका बुबाले मृत्युको खबर सुन्नु पर्ने दुखद अवस्था आएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस