काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका सिक्टाको जङ्गलस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा आज भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा कारमा सवार नवलपरासी, कावासोती नगरपालिका—८ बस्ने २२ वर्षीय क्षितिजकुमार कुँवर र चितवन, भरतपुर महानगरपालिका—१२ निवासी ४१ वर्षीय कमलराज लम्सालको मृत्यु भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार वा १४च २७८९ नंको कार अनियन्त्रित भई सडकदेखि तीन मिटर दाहिने छेउमा रहेको रुखमा ठोक्किएको थियो ।
यसैबीच बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एक व्यक्तिलाई दशकपछि पक्राउ गरिएको छ । डुडुवा गाउँपालिका–३ बस्ने ३१ वर्षीय ‘धर्मा सिंह’ भनिने राजेश यादवलाई आज बिहान उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । यादवमाथि नेपालगञ्ज—२१ निवासी २२ वर्षीय वसन्त मल्ल भनिने छन्दविक्रम मल्लको अपहरण गरी हत्या गरेको आरोप लागेको छ । विसं २०६६ भदौ २१ गते सम्साँझै घरबाट अपहरणमा परेका मल्लको भोलिपल्ट बिहान साविक बाँकेको उदयपुरस्थित धानखेतमा शव भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले अभियुक्त यादव विभिन्न अपराधमा संलग्न रहेको बताउनुभयो । नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययनरत मल्लको हत्याको जिम्मा तत्कालीन तराई मधेश मुक्ति टाइगर(ज्वाला समूह)ले लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०९ असार २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम बङ्गालमा चट्याङ्गका कारण ११ जनाको मृत्यु
जङ्गली जनावरको आक्रमणबाट ७ जनाको मृत्यु
मुम्बई होर्डिङ घटनामा मृत्यु हुनेको संख्या १६ पुग्यो, ७५ जना घाइते
सिराहामा छिमेकीको कोदालो प्रहारबाट एक पुरुषको मृत्यु
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु
ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु