पाल्पा । तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ । एक जना घाइतेको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल पाल्पा तथा दुईको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताउनुभयो ।
शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाका प्रत्यक्षदर्शी दीपक बोहोराका अनुसार माथिबाट खसेको पहिराले गाडी बगाएको थियो । ट्रक, पानी ट्याङ्कर, एक बोलेरो र एउटा कार पहिराबाट पुरिएको उहाँले बताउनुभयो ।
सडकमा कार र बोलेरो जीप जोखिमावस्थामा छन् । सडक चौडा बनाउने क्रममा पहिरो गएको हो । पहिराका कारण तानसेन–हार्थोक हुँदै गुल्मी र पाल्पाका ग्रामीण बस्ती तथा अर्घाखाँची जिल्लाको पूर्वी भेगमा जाने सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ असार २०७७, २२ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु