काठमाडौं । साउदी सरकारले यस वर्षको हज रोकेपछि नेपाल हज समितिले संकलित रकम फिर्ता दिन थालेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण साउदी अरबको हज तथा उम्राह मन्त्रालयले केही दिनअघि यो वर्षको हज नहुने घोषणा गरेपछि समितिले संकलित रकम फिर्ता दिन थालेको हो ।
यो वर्ष हजमा जान करिब १ हजार ५ सय नेपाली मुसलमानले समितिमा रकम जम्मा गरेका थिए । गृह मन्त्रालयमातहत रहने समितिले हजमा जाने व्यक्तिहरूले जम्मा गरेको रकम टिकट, आवास, खानपिन, हज शुल्क, सवारीसाधनलगायतका लागि खर्चिने गर्छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०८ असार २०७७, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हज यात्रुको २३ हजार रुपैयाँ फिर्ता गर्ने निर्णय