काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ । त्यस्तै, मृतकको संख्या पनि १३ हजार नाघेको छ ।
पछिल्ला १० दिनयता भारतमा हरेक दिन १० हजारभन्दा धेरै जना संक्रमित पहिचान भएका थिए । त्यसमध्ये, १९ जुनमा एक दिनमै किर्तिमानी १४ हजार ७ सय २१ जनामा संक्रमण देखियो ।
लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्दो छ । भारतमा पहिलो लकडाउन २५ मार्चदेखि १४ अप्रिलसम्म भारतमा लकडाउन थियो र अन्तिम लकडाउन १८ मेइदेखि ३१ मेईसम्म रह्यो । यस हिसाबमा यहाँ ६७ दिनसम्म लकडाउन कायम रह्यो र हरेक चरणमा कुनै न कुनै छुट मिल्यो ।
१ जूनदेखि लकडाउन खुकुलो भयो र थोरै क्षेत्रमा मात्रै कडाई कायम रह्यो । नतिजा, १ जुनदेखि १९ जुनको अवधिमा भारतमा २ लाख ५० हजारभन्दा धेरै संक्रमित देखिए । यो अवधिमा ७ हजार ५ सयभन्दा धेरैको मृत्यु भयो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै