काठमाडौं । गण्डकी प्रदेशमा आज मात्र १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले साँझ ७ः४५ बजे जारी गरेको विज्ञप्तिअनुसार ५० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।
हालसम्म प्रदेशमा सङ्क्रमित ४८८ जना पुगेका छन् । यससँगै हिमालपारिको जिल्ला मुस्ताङमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका अन्य १० जिल्ला सङ्क्रमण देखिँदा मुस्ताङमा देखिएको थिएन ।
मुस्ताङको घरपजोङ गाउँपालिकाका ८३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापनका लागि गठन गरिएको उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा २९, तनहुँमा दुई, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १८ र मुस्ताङमा एकजना छन् । यसअघि बिहान कास्की, तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, स्याङ्जा र बाग्लुङमा गरी ५८ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमितहरु सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले सबै जनालाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८८ पुगेको छ । हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा १०३, पर्वतमा ४३, गोर्खामा ४१, तनहुँमा ७०, कास्कीमा १५, म्याग्दीमा चार तथा लमजुङ, मुस्ताङ र मनाङमा एक÷एकजना सङ्क्रमित छन् । हालसम्म ३९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एकजना सङ्क्रमितको भने मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०६ असार २०७७, २० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै