कोरोनाको संक्रमण बढेसंगै फेरि बजार बन्द

रासस

शनिबार, ०६ असार २०७७, ११ : २०
कोरोनाको संक्रमण बढेसंगै फेरि बजार बन्द

काठमाडौं । कोरोनाभाइरसको संक्रमणदर बढेसँगै कैलालीको गोदावरी नगरपालिका क्षेत्रका बजार फेरि बन्द गरिएको छ । 
नगरपालिकाले आज एक अपिल प्रकाशित गर्दै बजार बन्दको घोषणा गरेको हो । 

बजार बन्दमा अत्तरिया उधोग बाणिज्य संघको समेत समन्वय रहेको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक देबकोटाले बताए । गोदावरी क्षेत्रमा संक्रमण दर बढेको र थप जोखिम हुने देखिएकाले बजार बन्दको घोषणा गरिएको.हो ।

प्रतिक्रिया दिनुहोस