बाँदर रुङने टहरोबाट कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, ०९ : ५६
बाँदर रुङने टहरोबाट कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेको ताबुमा विस्फोटक पदार्थ फेला परेको छ । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तीमा खटिएको प्रहरी टोलीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको हो ।

बाँदर रुङने टहरोमा शङ्का लागि चेकजाँच गर्दा एक थान कटुवा पेस्तोल, एक थान सकेट बम र दुई थान डेटोनेटर बरामद गरेको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख तथा प्रहरी निरीक्षक भास्कर खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस