नेकपाभित्र बामदेव गौतमको कित्ता अब कता ?

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०७७, ०९ : १३
नेकपाभित्र बामदेव गौतमको कित्ता अब कता ?

काठमाडौं ।  सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीले पार्टी नेताहरु नै आजित भएका छन् । शुसासन र स्थिरताका लागि जनताले दिएको झण्डै दुई तिहाई मतका साथ ओलीले सरकारको नेतृत्व गरेपनि जनअपेक्षित काम गर्न सकेका छैनन् । बरु उल्टै सरकार विभिन्न कमिसन काण्ड देखि जनविरोधी काममा मात्र लिप्त रहदा सरकार र नेकपाको ग्राफ जनताका बीचमा दिनदिनै घट्दो मात्रामा छ । 

यही सरकारको निरन्तरतामा लाग्दा पार्टी र सरकार दुवै भडखालोमा कुनै दिन जाकिन सक्ने आशंका भेटन आउने नेता कार्यकर्तासँग वरिष्ठ नेता माधव नेपालले चिन्ता जाहेर गर्न थालिसकेका छन् । नेकपा इतर पार्टीका नेता कार्यकर्ता देखि सर्वसाधारणले समेत अब ओलीका कुरामा विश्वास गर्न छोडेका छन् ।  संसदमा बोल्दा उनले गर्ने मनगढन्ते गफ अहिले सामाजिक सन्जालमा हासिटिउरीका विषय बन्न थालेका छन् । प्रधानमन्त्री ओली गफ मात्र दिन्छन, जोक मात्र गर्छन्, भन्ने सन्देश अहिले नेकपाकै नेता कार्यकर्ताकै बीचमा पर्न थालेको छ ।

आफुलाई लागेका कुरामा पार्टीका कुनै निर्णय मान्नु नपर्ने ब्रम्हज्ञानी ठान्ने प्रधानमन्त्री ओलीको कार्यशैली पार्टीमा कति दिन टिक्ला ? सवैका चासो त्यसैमा देखिन्छ ।  नेकपामा ओलीको ब्यक्तिगत अराजकता र ब्यक्तिवादका विरुद्ध अन्य नेताहरुले आवाज बेला बेला नउठाएका होइनन् । तर ओलीले सधै आफ्ना अप्ठयारालाई पार्टीभित्रकै नेताहरु प्रयोग गरेर टार्दै आईरहेका छन् । सधैजसो ओलीले यस्तो खेलमा उपाध्यक्ष वामदेव गौतमलाई प्रयोग गरेर पार्टीभित्रको आफनो संकट टार्दै आएका हुन् ।

गत वैशाख १७ मा झण्डै सरकार र पार्टीका नेतृत्व नै समेत गुमाउने तहमा पुगिसकेका ओलीको संकट उपाध्यक्ष वामदेव गौतमकै कारण टरेको थियो । जसकाकारण पनि वामदेव पार्टीमा कता ? बेला बेला चर्चा हुन थाल्छ । तर हिजो उनको नीजि सचिवालयका तर्फबाट प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जारी गरेको एउटा ३ बँुदे सन्देशले अब गौतमको कित्ता कता ? छुटिटएको नेताहरुको जिकिर छ ।

गौतमले आफु सरकारमा जाने कुनै योजनामा नरहेको, एमसीसी लगायतका विषयमा आफु प्रधानमन्त्रीको कित्तामा नरहेको र पार्टीको सँस्थागत निर्णय र पार्टी र सरकारको अलग सञ्चालनका कतिपय प्रधानमन्त्री ओलीको कार्यशैलीमा आफु असहमत रहेको र त्यसमा अन्य नेताहरुसँगै आफुलाई देख्न र भेट्न सकिने भन्दै गौतमले आफुलाई ओली इतर कित्तामा रहेको प्रष्ट सन्देश दिन खोजेका छन् ।

यसले अब गौतम ओली क्याम्पमा नरहेको प्रष्ट सन्देश दिएको नेकपाका नेताहरुको भनाई छ । उहाँ अब ओलीसँग हुनुहुन्न, ओलीको सरकार र पार्टी सञ्चालन पद्दतीसँग उहाँ सहमत हुनुहुन्न, अन्य नेता जँहा छन्, उहाँ त्यतै तपाईहरुले भेटनुहुन्छ, गौतमका प्रेस सल्लाहकार विष्णमणी सुवेदीले बताए ।  गौतमसमेत ओलीसँग नरहेपछि ओली अब स्पष्ट रुपमा पार्टीका सबै जसो कमिटिमा अल्पमतमा परेका छन् । सचिवालय, स्थायी समिति देखि केन्द्रीय समिति सम्ममा ओलीको कार्यशैलीसँग असहमत नेताहरुको बहुमत छ । उनले पार्टीलाई छलेर विवादित एमसीसी सम्झौता अहिले विपक्षी काग्रेससँगको मिलोमत्तोमा संसदबाट पारित गराउने योजना बनाएका छन् ।

आफनो पार्टीमा छल्ने, निर्णय अटेर गर्ने अनि विपक्षी पार्टीको भर परेर विवादास्पद सम्झौता सदनबाट पारित गर्ने योजनामा ओली देखिन्छन् । उनले यसमा उपाध्यक्ष गौतमलाई मन्त्रीको प्रलोभन देखाएर आफनो कित्तामा तान्ने अनेक प्रयास गरेका थिए । तर उनको त्यो प्रयास सफल हुन सकेन् । गौतमले एमसीसीमा आफु प्रधानमन्त्रीको पक्षमा नरहेको प्रष्ट भनेपछि ओली अप्ठयारोमा छन् । 

ओलीले पार्टीको १० असारमा बोलाईएको स्थायी समिति अगाडी या स्थायी समितिले एमसीसीका विषयमा लिने निर्णय विपरित संसदमा काँग्रेसको साथ लिएर एमसीसी अगाडी बढाउन खोजिए कालान्तरमा ओलीकै लागि प्रत्युपादक बन्ने देखिएको छ । यसका लागि गौतमले आफनो कित्ता क्लियर गरिदिएपछि ओली थप समस्यामा परेको चर्चा अहिले नेकपाभित्र छ ।
 

प्रतिक्रिया दिनुहोस