काठमाडौं । कोरोना सङ्क्रमणबाट बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय एक पुरुषको शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ ।
नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको शव धनगढीको मोहना घाटमा व्यवस्थापन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
मृतकको शव सरकारले तयार गरेको मापदण्ड अनुसार प्रक्रिया पु¥याएर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । शव व्यवस्थापनका क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०४ असार २०७७, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाप्रति ऋणी रहनेछौं : हामी नेपाल
भ्रामक सूचनामा विश्वास नगर्नुस् : नेपाली सेना
अलपत्र परेका विदेशी नागरिकलाई सुरक्षाकर्मीमार्फत सहयोग गर्ने सेनाको आग्रह
बौद्ध र चाबहिल क्षेत्रबाट लुटिएको करिब ३४ लाख सेनाद्वारा बरामद
वीरगन्जको सडकमा सेनासहित सुरक्षा फौज तैनाथ, गल्ली गल्लीमा सेना
अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह