हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रासस

विहीबार, ०४ असार २०७७, ११ : ४९
हेलिकोप्टरबाट गर्भवतीको उद्धार

सांकेतिक तस्बिर ।

जाजरकोट । कुशे गाउँपालिका–३ डाडाँखेतकी २० वर्षीया गर्भवती जानुका रोकाय (बस्नेत) को  हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

अर्छानी स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारार्थ कोहलपुर मेडिकल कलेजमा  गाउँपालिकाको आर्थिक सहयोगमा बिहिबार बिहान उद्धार गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।  दुई दिनदेखि सुत्केरी ब्यथा लागेको उहाँका श्रीमान् सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस