गायक प्रमोद खरेललाई पुत्री लाभ

बुधबार, ०३ असार २०७७, १५ : ०८
गायक प्रमोद खरेललाई पुत्री लाभ

काठमाडौँ । लोकप्रिय गायक प्रमोद खरेललाई आज पुत्री लाभ भएको छ। प्रमोद पत्नी दीपा खरेलले अल्का अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन् । 

छोरी पाएको खुशी व्यक्त गर्दै प्रमोदले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जीन्दगीले अर्को खुशीको आकाश छोएको छ। घरमा लक्ष्मीको आगमन भएको छ।’ 

‘भ्यान्टिलेटरमा ६ दिन १४५ घण्टाको कठिन संघर्ष पछि बल्ल उनी (छोरी) हाम्रो काखमा आइपुगिन् । तनावग्रस्त अवस्थाले रुनु न हास्नु भयौं, सबैसँग खुसी बॉडने असीमित चाहना हुँदाहुदै पनि सकिएको थिएन, न त दुःखै साट्न सकियो।’ प्रमोदले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् । खुसी पक्कै आउला भनेर हरेस नखाइएको बताएका छन् ।  

प्रमोदले सामाजिक सञ्जालमा अल्का अस्पतालका डा नुतन शर्मा, डा शिव चालिसे डा गणेश शाहलगायत अल्का हस्पिटल टिम, शुभेच्छुक, भगवान सबैप्रति आभार व्यक्त गरेका छन् । यसअघि खरेल दम्पतीका एक छोरा छन्।

प्रतिक्रिया दिनुहोस