एजेन्सी । चीन र भारतको सीमा क्षेत्र लद्दाखमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीच जारी तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घले संयमता अपनाउन चीन र भारतलाई आग्रह गरेको छ ।
लद्दाखको पूर्वी क्षेत्रमा भारत र चीनका सेनाबिच भएको भिडन्त र त्यसमा २० भारतीय सैनिकको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको हो । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै पक्षलाई अति संयम अपनाउन आग्रह गरेका छन् ।
उनका प्रवक्ताले दिएको जानकारी अनुसार लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भएको भिडन्तप्रति गुटरेसले चासो व्यक्त गर्दै भावी दिनमा अति सावधानी अपनाउन आग्रह गरेका छन् ।
गुटरेसका सहायक प्रवक्ता एरी कानेकोले मंगलबार भने, ‘भारत र चीनबिचको एलएसीमा भएको भिडन्त र सैनिकको ज्यान गएको घटनाप्रति हाम्रो गम्भीर चासो छ । हामी दुवै पक्षलाई अति संयमता अपनाउन आग्रह गर्छौँ ।’
पूर्वी लद्दाखको गलवान उपत्यकाको सीमा क्षेत्रमा सोमबार राति भएको भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानको ज्यान गएको हो । भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भिडन्त भएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असार २०७७, १५ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल
चीनद्वारा नयाँ इन्टरनेट उपग्रह समूह प्रक्षेपण
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’