एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नराम्रोसँग प्रभावित बनेको भारतमा एकै दिन दुई हजार जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको कुल संख्या तीन लाख ५४ हजारभन्दा बढी छ ।
अहिलेसम्म ११ हजार ९ सय ३ जनाको मृत्यु भएको र झन्डै १ लाख ८७ हजार जना भाइरसमुक्त भएको भारत सरकारले पुष्टि गरेको छ । भारतमा कोरोनाभाइरस सङ्क्रमण बढ्ने क्रममा छ । अमेरिका, ब्रजिल, र रुसपछि भारतमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमण देखिएको छ ।
अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ ।प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ ।
महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् । त्यहाँ १ लाख १३ हजारभन्दा बढी मानिसमा कोभिड १९ पुष्टि भएको छ । तीमध्ये ५ हजार ५३७ जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ । अहिलेसम्म देशभरि ९०७ वटा प्रयोगशालाबाट ५९ लाख वटाभन्दा बढी परीक्षण गरिएको सरकारको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०३ असार २०७७, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै