नवलपुर । प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मङ्गलबार एक महिलासहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले गैँडाकोट–१० का २७ वर्षीय धनबहादुर कुमाल, गैँडाकोट–१० कै ३० वर्षीय राजकुमार ताम्राकार र गैँडाकोट १२ की २३ वर्षीया सविता पाठकलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रतिबन्धित लागुऔषध डाइजापाम, फेनारगन, ब्रुनर्फिन बिक्री वितरण गरिरहेको ठाउँबाट १९ थान लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित रु १९ हजार २०० समेत बरामद भएको थापाले बताउनुभयो । गैँडाकोट प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ असार २०७७, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको अभियोगमा एक जना पक्राउ
जेन-जी रेड फोर्सकी संयोजक पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ