नवलपुर । प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मङ्गलबार एक महिलासहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको छ ।
गैँडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले गैँडाकोट–१० का २७ वर्षीय धनबहादुर कुमाल, गैँडाकोट–१० कै ३० वर्षीय राजकुमार ताम्राकार र गैँडाकोट १२ की २३ वर्षीया सविता पाठकलाई पक्राउ गरेको जानकारी दिनुभयो ।
प्रतिबन्धित लागुऔषध डाइजापाम, फेनारगन, ब्रुनर्फिन बिक्री वितरण गरिरहेको ठाउँबाट १९ थान लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित रु १९ हजार २०० समेत बरामद भएको थापाले बताउनुभयो । गैँडाकोट प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०३ असार २०७७, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
२ सय १० ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी, एक जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
चोरीको मोटरसाइकल बेच्न खोज्ने दुई जना पक्राउ
जेनजी आन्दोलनमा कारागारबाट भागेर प्रहरीको हतियार लुट्ने पक्राउ