काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने बताउनुभएको छ । झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको समृद्धिका लागि काँग्रेसले सहयोग गर्ने बताउनुभयो ।
देश र जनताको रक्षा गर्नुपर्ने सङ्कटका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको उहाँको आरोप छ । सपना बाँडेर मात्र रोग र भोकबाट बच्न नसकिने प्रवक्ता शर्माको भनाइ थियो । “सङ्कटको सामना गर्न प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेका बेला उल्टै भ्रष्टाचार र अनियमितता बढेको छ”, उहाँले भन्नुभयो, “जसका कारण काँग्रेस देशव्यापी विरोधमा उत्रिनु परेको छ ।”
सडकमा उत्रिएर युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकार हच्किनुले देश र जनताको उन्नतिमा सरकारका जिम्मेवार व्यक्ति नै बाधक भएको भन्दै उहाँले समृद्ध नेपाल सुखी नेपाली’ निर्माणमा बाधक रहेको भ्रष्टाचार, दुराचार र अन्यायको विरूद्धमा सडकमा उत्रिएका युवाहरूको आन्दोलनको पक्षमा काँग्रेस रहने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०२ असार २०७७, २१ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा