काठमाडौं । फ्रान्समा कोरोना भाइरसको संक्रमण फैलन नदिन लगाईएको अधिकांश प्रतिबन्ध फुकुवा गरेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले देशबासीलाई टेलिभिजनबाट सम्बोधन गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन यसअघि लागु गरिएका अधिकांश प्रतिबन्ध आजदेखि लागु हुने गरी फुकुवा गरिएको घोषण गरेका छन् ।
घोषणासँगै फ्रान्समा क्याफे तथा रेस्टुरेन्टहरु खुल्ने भएका छन् । यस्तै युरोपका अरु देशमा यात्रा गर्न पनि पाइने भएको छ । केयर होममा रहेका आफन्तहरुसँग भेटघाट गर्न पनि पाइने भएको छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी केयर होमहरु प्रभावित भएका थिए ।
युरोपका अरु देशहरुले पनि सोमबारदेखि सीमा खुला गरेका छन् । यद्यपि कोरोना भाइरसको संक्रमण पुनः फर्किन सक्ने भन्दै उनले सावधानी अपनाउन देशवासीलाई अपिल गरेका छन् ।
उक्त घोषणासँगै अब जुन २२ देखि विद्यालय पनि पनि सञ्चालनमा आउने छन् भने मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा गरिने माक्रोँले जनाएका छन् । कोरोना भाइरसका संक्रमित बढेपछि फ्रान्समा मार्च १७ तारिखदेखि लकडाउन कडा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०१ असार २०७७, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी, ओलिसको ह्याट्रिक
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा ‘चुज फ्रान्स’ का लागि ९३ अर्ब युरो लगानी गर्ने घोषणा
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक