आजदेखि काठमाडौंका सपिङ मलहरु खुला

पत्रपत्रिकाबाट

सोमबार, ०१ असार २०७७, ०८ : ४४
आजदेखि काठमाडौंका सपिङ मलहरु खुला

काठमाडौं । व्यवसायीले असार १ देखि काठमाडौंका सपिङ मल खोल्ने भएका छन् । लकडाउनको असर लामो समय धान्न नसकिने भएकाले मल सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीहरुको भनाइ छ । 

उपत्यकाका विभिन्न मल, सिटी सेन्टर, आरबी कम्प्लेक्स, बीजी मल, रञ्जना, पिपल्स प्लाजा, विशाल बजार, ताम्राकार कम्प्लेक्स, आईप्ेलेक्स कम्प्लेक्स,र केएल टावरस्थित व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी आजदेखि मल सञ्चालन हुने बताएका हुन् । 

उनीहरुको यसको बोधार्थ, नेपाल राष्ट्रिय व्यापार महासंघ, नेपाल चेम्बर अफ कमर्स, र नेपाल उद्योग बाणिज्य महासंघलाई दिएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस