आज दिनभरिको मौसम कस्तो रहला ? कतिपय स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, ०१ असार २०७७, ०८ : २८
आज दिनभरिको मौसम कस्तो रहला ? कतिपय स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि देशभरि सक्रिय हुँदै गएको जनाएको छ । विशेष गरी पूर्व र मध्य क्षेत्रमा मनसुनी गतिविधि सक्रिय रहेको मौसमविदले बताएका  छन् ।

पूर्वबाट छिरेको मनसुन मध्यसम्म सक्रिय अवस्थामा पुगेको र बिस्तारै पश्चिम सर्ने क्रममा रहेको उनले बताएकी छन् । अहिले नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ।सोमबार दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने मौसमविदले बताएका छन् ।

हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासका क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।राति पनि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस