सभापति देउवाद्वारा दुःख व्यक्त

रासस

आइतबार, ३२ जेठ २०७७, २१ : २८
सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष शर्माको आज बिहान कोरोना व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा वर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व शर्माले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट पार्टीले एक होनाहार नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति देउवाले उल्लेख गर्नुभएको छ ।

स्व शर्मा काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीको पूर्व आमन्त्रित सदस्य र साबिक सूर्यपुरा गाविसको पूर्वउपाध्यक्षसमेत हुनुहुन्थ्यो । पार्टीको विभिन्न पदमा संलग्न रहँदै आउनुभएका शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रुपमा सहभागी हुँदै आउनुभएको थियो ।