काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोश्रोे संशोधन विधेयक २०७७ पारित गरेको छ ।
प्रतिनिधि सभाको शनिबार बसेको बैठकले नेपालको सविधान दोश्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाई भन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो ।
संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल बहादुर बम, दुलारी देवी खत्वेनी, धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी, हरिबोल गजुरेल, ज्ञान कुमारी छन्त्याल अनुपस्थित रहेका थिए ।
सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मत अफ्ताब आलम र बिजय कुमार गच्छदार निलम्बित छन् । यस्तै सांसद सरिता गिरी भने बैठक बहिष्कार गरी बाहिर निस्किएकी थिइन् । प्रतिनिधिसभा २७५ सदस्सीय रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ जेठ २०७७, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
संघीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरुरी देखियो : सांसद आचार्य
संविधान संशोधन दलहरूबीच साझा सहमतिका आधारमा गर्नुपर्छ : सांसद न्यौपाने
संविधान संशोधनका नाममा संघीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैन : मुख्यमन्त्री सिंह
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह