उत्तर कोरियामाथि थप कडा प्रतिवन्ध

एजेन्सी

सोमबार, १४ फागुन २०७४, ०९ : ००
उत्तर कोरियामाथि थप कडा प्रतिवन्ध

एजेन्सी । अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन गर्दै उत्तर कोरियालाई सघाउने विश्वका विभिन्न बन्दरगाहमा पर्ने ३३ वटा पोर्टहरुमाथि प्रतिबन्ध लगाउन अमेरीकाले संयुक्त राष्ट्र संघसँग माग गरेको छ ।

अमेरीकाले उत्तर कोरियालाई सघाउने २७ शिपिंग (पानी जहाजमार्फत हुने) कारोबारहरुलाई कालो सूचीमा राख्नपनि राष्ट्र संंघसँग माग गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार उत्तर कोरियामाथि अहिलेसम्मकै सर्वाधिक कडा प्रतिबन्ध लगाउने घोषणा गरेपछि अमेरिकाले संयुक्त राष्ट्र संघीय प्रतिबन्ध समितिसँग यस्तो माग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापानले पनि ३३ पोर्टहरु मध्ये तीन वटा पोर्टले संयुक्त राष्ट्रसंघीय प्रस्तावको उल्लंघन गरेर उत्तर कोरियालाई सघाएको भन्दै अमेरिकी मागको समर्थन गरेको छ । उसले प्योंगयांग पठाइदै गरेको तेललाई एउटा पोर्टबाट अर्को पोर्टमा स्थानान्तरण गरिएको मुद्दामा पनि चिन्ता प्रकट गरेको छ ।

परिषदका सदस्यहरुलाई प्रस्तावित प्रतिबन्धमाथि आपत्ति जनाउनका लागि आगामी शुक्रवार ३ बजेसम्मको समय दिइएको छ । उत्तर कोरियाको सहयोगी चीनसहित अन्य सहयोगी मुलुकले प्रस्तावमाथि आपत्ति नजनाए प्रतिबन्ध लागु हुने छ ।

गतवर्ष उत्तर कोरियाको विवादास्पद परमाणु कार्यक्रमलाई निरुत्साहित गर्नका लागि सामान निर्यातमा रोक लगाउन परिषदले कयौं प्रस्तावहरु स्वीकार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस