सडकबाट खबरदारी तर सुन्दैन सरकार

पत्रपत्रिकाबाट

शनिबार, ३१ जेठ २०७७, ०८ : ०१
सडकबाट खबरदारी तर सुन्दैन सरकार

फाईल फोटो

काठमाडौँ । कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै काठमाडौंसहित देशका मुख्य सहरमा शुक्रबार पनि प्रदर्शन भएका छन्।  संक्रमण फैनिल नदिन सरकारले लगाएको लकडाउनकै बीचमा सडकमा पोखिन थालेको असन्तुष्टि दिनप्रतिदिन बढ्दै गएको छ।  

सामाजिक दूरी कायम राखेर सुरु भएको विरोध प्रदर्शनले बिस्तारै आन्दोलनको स्वरुप ग्रहण गर्न थालेको छ।  सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सडकमा उत्रिन थालेका छन्।  सरकारलाई महामारीको बेला जिम्मेबार बन्न प्रदर्शनकारीले दबाब बढाइरहेका छन्।  

काठमाडौंको बालुबाटार, माइतीघर, वसन्तपुर, भक्तपुरकाृ कमलविनायक, ललितपुरको पाटन दरबार क्षेत्र, काभ्रेको धुलिखेलमा शुक्रबार प्रदर्शन भयो।  यस्तै विराटनगर, पोखरा, जनकपुर, वीरगञ्ज, नेपालगन्जलगायत सहरमा पनि युवाले प्रदर्शन गरेका छन्।  

सरकार कोरोना संक्रमण व्यवथापनमा चुकेको र आर्थिक अनियमितामा डुबेको प्रदर्शनकारीको आरोप छ्।  युवाले मुकुन्डो लगाएर, छातामा पम्प्लेट झुन्ड्याएर, छातीमा प्लेकार्ड टाँसेर, सडकमा सुतेर प्रदर्शन गर्दै आएका छन्।  यस्तै शैलीमा शुक्रबार पनि प्रदर्शन गरियो।  ‘यो निकम्मा सरकार हो।  यसले बिरामीको मृत्यु भएपछि मात्रै रिपोर्ट निकालेको छ।  

सरकार महामारीका बेला पनि कमिसनको चक्करमा फसेको छ। सरकारमै रहेका भ्रष्टाचारीले देश रित्याइरहेका छन्।  अनि यस्तो अवस्थामा आन्दोलन नगरेर के सरकारको तारिफ गर्ने ?’ कमलविनायक क्षेत्रमा भएको प्रदर्शनमा सरिक उमेश साइजूले भने। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस