चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी

सोमबार, १४ फागुन २०७४, ०८ : ५३
चेल्सीमाथि म्यानचेस्टर युनाइटेडको जित

इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साबिकको बिजेता चेल्सीलाई पराजित गरेको छ ।  लिग अन्तर्गत आइतबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २ – १ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । युनाइटेडको जितमा रोमेरो लुकाकु र जेसे लिंगार्डले समान एक एक गोल गरे ।

चेल्सीका विलियनले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । खेलको ३२ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको ३९ औं युनाइटेडका लुकाकुले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युनाइटेडका लिंगार्ड चम्किए  । खेलको ७५ औं मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई २ – १ को महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै लिगको दोस्रो स्थानको युनाइटेडले २८ खेलबाट ५९ अंक जोडेको छ । युनाइटेड शिर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १३ अंकले पछि छ । एक खेल खेलेको सिटीको ७२ अंक छ । तेस्रो स्थानको लिभरपुलको २८ खेलबाट ५७ अंक छ । पराजित चेल्सी ५३ अंक जोडेर पाँचौ स्थानमा छ ।

इंग्लिश प्रिमियर लिग अन्तर्गत नै आइतबार राति भएको अर्को खेलमा टोटनह्यामले क्रिष्टल प्यालेसलाई १ –० ले हराएको छ । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरे । जितपछि ५५ अंक जोडेको टोटनह्याम लिगको चौथो स्थानमा छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस