थप ४४८ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० जेठ २०७७, १६ : २४

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा थप ४४८ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०६२ पुगेको छ ।