काठमाडौँ । भारतीय नाकाबाट जर्बजस्ती नेपाल प्रवेश गर्न खोज्दा झडपको क्रममा प्रहरीको गोली लागेर एकजना भारतीयनागरिकको मृत्यु भएको छ ।
सर्लाही स्थित नेपाल भारत सीमा क्षेत्रबाट जर्बजस्ती नेपाल तर्फ प्रवेश गर्न खोज्दा दुवै पक्ष बिच झडप भएको थियो । सो झडपको क्रममा भारतीय नागरिकले हतियार नै खोस्न प्रयास गरेपछि सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीले गोली चलाएको थियो । सोही क्रममा परिचय नखुलेका एकजना भारतीय नागरिक मृत्य भएको हो ।
प्रहरीका अनुसार झडपमा सशस्त्र प्रहरीका तीनजना र भारतीय नागरिक तीनजना गरी ६ जना घाइते भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनाधिकृत रुपमा नेपाल छिर्ने खोज्ने व्यक्तिहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा झपड भएको बताए ।
‘अनाधिकृत रुपमा प्रवेश गर्नेलाई सुरक्षाकर्मीले रोक्दा त्यसक्रममा सुरक्षाकर्मीलाई हातपात गर्दै हतियार खोसेपछि प्रहरीले फायरिंग गरेको हो’ प्रमुख जिल्ला अधिकारी जिसीले भने । उनले भारतीय नागरिकले खोसेको हतियार पछि सुरक्षाकर्मीले फिर्ता लिन सफल भएको बताए । सुरक्षामा खटिएका तीनजना शसस्त्र प्रहरीलाई पनि चोटपटक लागेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु
खोलामा डुबेर दुई बालकको मृत्यु
ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु