गुलरिया । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामलाई थप प्रभाकारी बनाउन पालिकाले उक्त निर्णय गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
कोरोना भाइरस रोकथाम नियन्त्रण गर्न अग्रपङ्क्तिमा खटिएका जनप्रतिनिधि, पालिकाले खटाएका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक र पालिकाबाट खटाइएका व्यक्तिको सङ्क्रमणका कारण मृत्यु भएमा परिवारलाई राहतस्वरुप रु २० लाख उपलब्ध गराउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
कोरोना भाइरस सङ्क्रमण भएको व्यक्तिको उपचार पनि पालिकाले नै गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । बढैयाताल गाउँपालिका हालसम्म चार कोरोना भाइरस सङ्क्रमित छन् । जिल्लामा ६० कोरोना भाइरस सङ्क्रमित रहेकामा छ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० जेठ २०७७, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै