कुवेतबाट आइपुगे १५० नेपाली

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, १४ : ०७
कुवेतबाट आइपुगे १५० नेपाली

काठमाडौँ । कुवेतबाट १५० नेपाली आज काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकारले नै काठमाडौंसम्म ल्याइदिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख देवेन्द्र केसीले १५० नेपाली आज बिहीबार बिहान अवतरण भएको जानकारी दिए । आजै अर्को उडानमार्फत पनि कुवेतबाट नेपाली आउने तय भएको छ । 

उनीहरु बुधबार नै आउने भनिएपनि कुवेतको र नेपालको समयतालिका नमिलेपछि आजका लागि सारिएको थियो । 

कुवेतबाट फर्कन चाहेका ७ हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । अन्यलाई क्रमशः नेपाल फर्काइने बताइएको छ ।