क्याबिनेट बैठकमा श्रममन्त्रीसँग किन रिसाए प्रधानमन्त्री ओली ?

'काँग्रेसले अप्ठ्यारो पार्न खोजे'

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०७७, ०९ : १३
क्याबिनेट बैठकमा श्रममन्त्रीसँग किन रिसाए प्रधानमन्त्री ओली ?

काठमाडौं । दिनभर संसद बैठकमा एकपछि अर्काे काँग्रेसका सांसदसँग सवाल जवाफ गरेर बालुवाटार फर्केका प्रधानमन्त्रीले साँझ ६ बजे क्याबिनेट बैठक आयोजना गरे । अघिल्लो दिन नै साँझ ६ बजेका लागि तय भएको बैठक संविधान संसोधन माथीको सदनमा चलेको सैद्धान्तिक छलफलमा सहभागी हुन परेकोले बुधबार दिउँसो २ बजेका लागि सारेका थिए ।

तर दिउँसो २ बजेपछि पनि बैठक बस्न सम्भव नभएपछि ५ बजे लाई क्याबिनेट बैठक सारिएको थियो । निर्धारित समय भन्दा उक्त बैठक पनि एक घण्टा ढिलो गरी मात्र बालुवाटारमा शुरु भयो । बैठकमा माध्यामिक शिक्षा परिक्षा (एसईई) के गर्ने देखि ८० दिन देखि जारी लकडाउनलाई खुुकलो बनाउदै सहजीकरण कसरी गर्दै लैजाने सम्मका एजेण्डा कार्यसूचिमा थिए । छलफलका क्रममा श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने योजनामा फेरि लाग्न खोजेको अवरोधका विषयमा बैठकमा के प्रश्न गरेका थिए ? प्रधानमन्त्री ओली मन्त्री यादवमाथी खनिएको एक मन्त्रीले बताए ।  

‘विदेशमा रोजगारीका लागि गएका नेपालीलाई स्वदेश ल्याउने विषयमा सरकारले मोडालिटी बनाउदै गर्दा त्यसमा पनि केही योजनाबद्ध कार्यनीति बनाउनु पर्ने प्रस्ताव बैठकमा राखेका थिए, तर प्रधानमन्त्री एकाएक पड्किए,’ ती मन्त्रीले सफलखबरसँग भने । प्रधानमन्त्री शुरु देखि नै विदेशमा रहेका नेपाली स्वदेश ल्याउने विषयमा सकारात्मक थिएनन् । प्रतिपक्षी काँग्रेस देखि पार्टीभित्रकै नेताहरुले विदेशमा रोजगारीका लागि पुगेका र अलपत्र परेकालाई प्राथमिकताका आधारमा स्वदेश फर्काउनु पर्ने दबाब बढाएपछि मात्र प्रधानमन्त्री ओली तयार देखिएका थिए ।

तर पनि ओली अझै विदेशमा रहेका केही सिमितलाई मात्र स्वदेश ल्याउन तयार देखिएका हुन् । मन्त्रिपरिषद्मा श्रम मन्त्री यादवले विदेशमा रहेकाको स्वदेश फिर्तीको योजनाबद्ध कार्ययोजनाको प्रश्न उठाएपछि प्रधानमन्त्री पड्किएका हुन् । प्रधानमन्त्री ओलीले प्रदेश २ को कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि संघीय सरकारले फोकल पर्सन मन्त्रीका रुपमा रहेका श्रम मन्त्री यादवले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री तात्तिएको ति मन्त्रीले बताए ।

उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने,–‘तपाईंलाई २ नं प्रदेशको जिम्मेवारी दिएको के गर्नु भो ? फोकल पर्सन मन्त्रीले अझ वढी प्रभावकारी काम कसरी गर्ने सोच्नुपर्छ । आफ्नै योजना पनि हुनुपर्छ । खोई तपाईका योजना ? परराष्ट्रमन्त्रीसँग बसेर विदेशबाट आउने नेपाली कामदारको समस्या समाधानको उपाय निकाल्नुुहोस् ।’ 

काँग्रेसले अप्ठ्यारो पार्न खोजे
प्रधानमन्त्रीले काँग्रेसले हरेक सामान्य कुरामा पनि सरकारलाई अप्ठयारो पार्न खोजेको मन्त्रिपरिषद् बैठकमा धारणा राखेका थिए । क्याबिनेट बैठकमा झण्डै दुई घण्टा एकोहोरो धारणा राखेका प्रधानमन्त्री ओलीले कोभिड १९ को रोकथाम र नियन्त्रणमा सरकारले चालिरहेको प्रयासमा काँग्रेसले सरकारमाथी आक्रमण बढाउन थालेको बताएका थिए ।
‘हाम्रो देशको अवस्था कस्तो छ ? कति गर्न सक्ने क्षमता छ ? त्यो सबै पटक पटक सरकारको नेतृत्व गरेको काँग्रेसलाई राम्रोसँग थाहा छ,’ बैठक सहभागी ती मन्त्रीले भने, ‘काँग्रेसले उल्टै त्यो पनि भएन, यो पनि भएन भनेर सरकार असफल बनाउन खोज्यो, काँग्रेसले जतिसुकै सरकारलाई अप्ठयारो पार्न खोजेपनि सरकार असफल हुदैन ।’ सरकारले आफ्नो सामथ्र्यका आधारमा सरकारले सक्दो गरिरहेको भन्दै केही नै नगरेको जसरी काँग्रेस सरकारको आलोचनामा नियोजित रुपमा आएको प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस