घातक रोगको प्रभावसँगै आर्थिक सहयोग लक्षित गरि नबिल बैंकले ल्यायो प्रविधिमैत्री बचत खाता  ‘नबिल जेन–एन’

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०७७, १० : ४७
घातक रोगको प्रभावसँगै आर्थिक सहयोग लक्षित गरि नबिल बैंकले ल्यायो प्रविधिमैत्री बचत खाता  ‘नबिल जेन–एन’

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरुको माग र हितलाई मध्यनजर गर्दै सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उदेश्यले आकर्षित ब्याज सहितको आफ्नै घरमा बसेर खाता खोल्न सकिने  बचत खाता ‘नबिल जेन–एन’ संचालन ल्याएको छ ।

बैंकले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई  मध्यनजर गर्दै यो सेवा शुभारम्भ गरेको जनाएको छ ।  यो नौलो बचत खातामा बैंकले प्रबिधिमैत्री सेवाहरु मोवाईल बैंकिंग, भाईबर बैंकिंग, अनलाईन कारोबार, डेबिट कार्ड, क्रेडिट कार्ड र खाता खोल्नेलाई एनटिसी र एनसेलको २ जिबी डाटा निःशुल्क प्रदान गर्ने जनाएको छ ।

मुलुक नै घातक रोगहरुको प्रभावमा परिरहेकोले दिन प्रतिदिन बढ्दो बिरामीको उपचारार्थलाई लक्षित गरि अत्याधिक व्यय भार कम गर्नुका साथै आर्थिक सहयोग समयमै पु¥याउने उदेश्यका साथ यो बचत खाता संचालनमा ल्याईएको हो । बैंकले बचतकर्ताको सुरक्षण सहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने बैंकका कर्पोरेट म्यानेजर समन लामा थिङ्गको भनाई छ । 

उनले बैंकले संचालनमा ल्याएको नयाँ बचत खाता प्रविधिमैत्री व्यक्तिलाई लक्षित गरिएको र १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिन सक्ने बताए । सन् १९८४ स्थापित यस नबिल बैंकको हाल ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेका छ ।  

प्रतिक्रिया दिनुहोस