भारतको कश्मीरमा सरपंचको गोली हानी हत्या

एजेन्सी

मंगलबार, २७ जेठ २०७७, १० : २०
भारतको कश्मीरमा सरपंचको गोली हानी हत्या

एजेन्सी । भारतको कश्मीरमा एक स्थानिय निकाय प्रमुख (सरपञ्च) को गोली हानी हत्या गरिएको छ । कश्मीरको अन्नतनाग जिल्लामा स्थानीय निकायका प्रमुखको अज्ञात समूहले गोली हानेर हत्या गरेको छ ।

सोमबार साँझ ६ बजेतिर लकबावन क्षेत्रमा सो घटना भएको हो । कश्मीरी पण्डित अजय पण्डिताको हत्या भएको प्रहरीले जनाएको छ । उनी कांग्रेसका स्थानीय नेता रहेको बताइएको छ।

प्रहरीले हत्यामा अज्ञात चरमपन्थीको संलग्नता रहेको अनुमान  गरेको छ । गोली लागेर गम्भीर घाइते भएका पण्डितालाई अस्पताल लैजाने क्रममा मृत्यु गएको हो । हत्याको राजनीतिक दलहरुले कडा आलोचना गरेका छन् ।
पछिल्ला केही वर्षमा कश्मीरमा पञ्च तथा सरपञ्चको हत्या हुने क्रम बढी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस