काठमाडौं । प्रधानमन्त्री केपी ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पाखेरेललाई झपारेका छन् । प्रसंग हो– हिजो आईतबार बेलुकी बालुवाटारमा बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको वैठकको ।
उच्चस्तरीय समितिले गत चैत ११ यता निरन्तर गर्दै आईरहेको लकडाउन खुकुलो कसरी बनाउने, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले बनाएको सुरक्षा मापदण्डलाई समेत ध्यानमा राखेर लकडाउन खुकुलो बनाउने ठोस मोडालिटी ल्याउन गरेको निर्देशन अनुसार पोरखेल नेतृत्वको समितिले प्रस्ताव तयार पार्न नसकेपछि प्रधानमन्त्रीले पोखरेललाई बैठकमै झपारेको सहभागी एक मन्त्रीले सफलखबरलाई बताए ।
बैठकमा प्रधानमन्त्री ओली समेत सहभागी थिए । पोखरेल नेतृत्वको समितिले तयार पारेको मोडालिटीका खाकामा बालुवाटारमै छलफल हुदै थियो । त्यही प्रधानमन्त्री ओलीले स्वास्थ्य उपकरण नभएका कारण परिक्षण रोकिएको, औषधीको अभाव देखिन थालेको र वर्षाको समय नजिकिएको बेला यी सबै ब्यवस्थापनका सवालमा समितिको तयारी के हो ? भनी उपप्रधानमन्त्री पोखरेलसँग जिज्ञासा राखेका थिए ।
जवाफमा पोखरेलले समितिले तयारी गरिरहेको, खरिद प्रक्रिया भईरहेको, प्रदेश २ मा भने त्यहाँको प्रदेश सरकारले केन्द्रलाई सहयोग नगरेको जस्ता जवाफ दिएका थिए । तर प्रधानमन्त्री ओलीले बोलीले मात्र होइन, ब्यवहारमा काम नदेखिएको भन्दै एक्सनमा काम गर्न निर्देशन दिएका थिए । ‘कोरोना संक्रमण बढेको बढ्यै छ, संक्रमितलाई पनि परिक्षण बिनै घर जान दिएको कुरा आईरहेको छ, स्वास्थ्य माथी खेलवाड गर्न दिने काम किन भयो ?’ प्रधानमन्त्री ओलीको भनाई उद्धृृत गर्दै बैठकमा सहभागी ति मन्त्रीले भने,–‘यही तालले कसरी कोरोना रोकथाम र नियन्त्रण गर्न सकिन्छ ?’
ओलीले बिहिवारको क्याबिनेट बैठकले दुई दिनभित्र लकडाउन खुकुलो बनाउने विषयमा ठोस प्रस्ताव ल्याउन भनेपनि खोइ ठोस प्रस्ताव भन्दै पोखरेलमाथी खनिएका थिए । ‘यस्तै हुन्छ ठोस प्रस्ताव, कंकिटमा ल्याउनुहोस् भनेको हो मैले, यस्तो पाराले कसरी सरकारको संक्रमण विरुद्दको योजना प्रभावकारी हुन्छ ?’ प्रधानमन्त्री ओलीले पोखरेललाई झपार्दै भनेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ जेठ २०७७, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्र र संविधान नमान्नेहरुले नै संसद् अवरूद्ध पारेका छन् : प्रधानमन्त्री
समावेशीता कुनै कामको कुरा होइन, यसबाट राजनीतिक पदमा पुग्ने मात्र होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज राती तुर्कमेनिस्तानको भ्रमणमा जाँदै
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
‘निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ’ : प्रधानमन्त्री