कोरोना संक्रमणबाट थप १ को मृत्यु, यो संगै नेपालमा मृतकको संख्या १४ पुग्यो

सोमबार, २६ जेठ २०७७, ०८ : ०६
कोरोना संक्रमणबाट थप १ को मृत्यु, यो संगै नेपालमा मृतकको संख्या १४ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको संक्रमण दिन प्रति दिन बढ्दै गईरहेको नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालका अनुसार स्याङ्जाका ६० वर्षे पुरुषको कोभिड–१९ बाट मृत्यु भएको हो । वालिङ नगरपालिकाका बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम श्रोतले जानकारी दिएको छ । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएपछि उनलाई आइसोलेशनमा लगिएको थियो । आइसोलेशनमै उनको सोमबार बिहान मृत्यु भएको हो । 

अधिकांश संक्रमितहरुको मृत्यु भएपश्चातको परिक्षणबाट संक्रमण देखिदै आएको छ । तर पोखरामा मृत्यु भएका यिनको मृत्यु अगावैको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । नेपालमा मृत्यु भएका १४ जना मध्ये ११ जनाको मृत्यु पश्चात कोभिड १९ रहेको पुष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस