काठमाडौं । झन्डै तीन महिनापछि नेपालमा तोकिएको सुनचाँदीको मुल्य अहिलेसम्मकै महँगो दरको छ । लकडाउन लागू भएपछि ११ चैतपछि सुनचाँदीको मुल्य तोकिएको थिएन । आइतबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरणअनुसार सुन फाइन गुणस्तरको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
१० चैतमा ७७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढिरहेको थियो । चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेको छ ।
चाँदीको आजको मुल्य ९२५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८४ अमेरिकी डलर आसपास छ । साढे २ महिनाअघि प्रतिऔंस १ हजार ४८४ अमेरिकी डलर आसपास थियो ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
तोलामा ७ हजार १ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
१२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?