ग्रेस इन्टरनेशनलद्वारा राप्ती नगरपालिकाका चेपाङ परिवारलाई राहत वितरण

सफल खबर संवाददाता

शनिबार, २४ जेठ २०७७, २० : २२
ग्रेस इन्टरनेशनलद्वारा राप्ती नगरपालिकाका चेपाङ परिवारलाई राहत वितरण

चितवन ।  ग्रेस इन्टरनेशनलले चितवनको राप्ती नगरपालिकामा रहेक विपन्न चेपाङ परिवारलाई राहत वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को  संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण जिविकोपार्जन गर्न कठिन परिवारलाई खाद्यान्न राहत वितरण गरिएको ग्रेस इन्टरनेशनल चितवनका प्रमुख गणेश लामिछानेले जानकारी दिए ।

राप्ती नगरपालिका–१२ फर्साङका  वडा अध्यक्ष अर्जुन चेपाङको उपस्थितिमा  गोबाङका ८१ परिवारलाई चामल, दाल, तेल, नुन वितरण गरिएको हो । 

 ग्रेस इन्टरनेशनलले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आइरहेको चितवन प्रमुख लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस