धेरै संक्रमित हुने मुलुकमध्ये भारत छैँटौँ , एकैदिन ३ सयको मृत्यु

शनिबार, २४ जेठ २०७७, १० : ४३
धेरै संक्रमित हुने मुलुकमध्ये भारत छैँटौँ , एकैदिन ३ सयको  मृत्यु

एजेन्सी । धेरै संक्रमित भएको मुलुकमा भारत छैटौं स्थानमा पुगेको छ। भारतको कोरोना संक्रमित संख्याले इटालीको संक्रमित संख्यालाई उछिनेको छ।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार भारतमा संक्रमित संख्या २ लाख ३६ हजार १ सय १७ पुगेको छ, जबकी इटालीको कुल कोरोना संक्रमित संख्या २ लाख ३४ हजार ५ सय ३१ रहेको छ। यसैगरी कोरोनाका कारण हुने दैनिक मृत्यु संख्यामा पनि भारतले नयाँ रेकर्ड कायम गरेको छ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारका अनुसार भारतमा एकैदिन ३ सय जनाको कोरोनाका कारण ज्यान गएको छ । यो मृत्युदर दैनिक मृत्युदरमा नयाँ रेकर्ड बनेको हो। भारतमा कोरोनाबाट मृत्युसंख्या ६ हजार ५ सय ७५ पुगेको छ।

दैनिक मृत्यु संख्यामा नयाँ रेकर्ड कायम भएपनि संक्रमित दरका आधारमा मृत्युदर स्थिर नै रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

विशेषज्ञहरूले लकडाउन घोषणाले संक्रमणदरलाई कम गरेको भएपनि विस्तारै खुकुलो भइरहेको लकडाउनका कारण जुन जुलाईमा यो संख्या आफ्नो उच्चतम बिन्दुमा पुग्ने र क्रमशः कम हुन थाल्ने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस