चन्द्रग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक समिति

रासस

शुक्रबार, २३ जेठ २०७७, १९ : १३
चन्द्रग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ शुक्ल पूर्णिमा अर्थात् आज राति देखिने ग्रहण नेपालबाट नदेखिने भएकाले यसलाई बार्नु नपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

“नदेखिने ग्रहणका विषयमा पात्रो (पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”, उहाँले भन्नुभयो । विसं २०७७ असार ७ गते आषाढ कृष्ण औँसीका दिन लाग्ने सूर्यग्रहण मात्र नेपालबाट देखिने समितिले जनाएको छ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले भने आज राति सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्ने र यो नेपालबाट पनि देखिने जनाएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर बिरल छायाँ अर्थात् ‘पेनम्ब्रल’ चन्द्रग्रहण भएको अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । 

ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिँदैन”, उहाँले भन्नुभयो । ग्रहण आज राति ११ः३० बजे शुरु भई १ः०९  बजे मध्य हुनेछ । राति २ः४९ बजे सकिने पनि सोसाइटीले जनाएको छ । 

के हो ‘पेनम्ब्रल’ चन्द्रग्रहण ?
 सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छायाँ दुई प्रकारका हुन्छन् । सघन तथा विरल । चन्द्रमा पृथ्वीको विरल छायाँमा पर्नु नै ‘पेनम्ब्रल’ चन्द्रग्रहण हो ।

यो ग्रहण नेपाल र भारतबाट समेत हो कि जस्तो मात्र देखिने र प्रष्ट नहुने भएकाले यसलाई विरल छायाँ भनिएको पनि उहाँले बताउनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ सिद्धान्त ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्य नेपालबाट आँखाले नदेखिने ग्रहण आज राति लाग्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस