कोरोना महामारी नियन्त्रण नहुँदै इटालीमा पर्यटन क्षेत्र खुला

विहीबार, २२ जेठ २०७७, ०९ : ३८
कोरोना महामारी नियन्त्रण नहुँदै इटालीमा पर्यटन क्षेत्र खुला

एजेन्सी । कोरोना भाइरसले आक्रान्त बनाएको इटालीमा पर्यटन क्षेत्र खुला गरिएको छ । कोरोना महामारी पुर्ण रुपमा नियन्त्रण नहँदै पर्यटकिय क्षेत्रहरु खुला गरेको हो । 

कोरोनाबाट मृत्यु हुने संख्याका आधारमा युरोपकै दोस्रो प्रभावित मुलुक इटालीले महामारी पूर्ण रूपमा नियन्त्रणमा नआउदै पर्यटन क्षेत्र सुचारू गर्ने सरकारल निर्णय गरेको छ ।  महामारीका कारण कमजोर बनेको देशको आर्थिक अवस्था उकास्न इटालीको बुधबारदेखि पर्यटन क्षेत्र खुला गरेको छ ।

अर्थतन्त्र सुधार्ने प्रयत्नस्वरूप उसले पर्यटकहरूलाई इटाली प्रवेसमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । तर यो प्रतिबन्ध तत्काललाई युरोपेली मुलुकका पर्यटकहरुमा मात्र फुकुवा गरिएको बताइएको छ । गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउने युरोपेलीलाई आफ्नो देशमा आकर्षित गरी पर्यटन व्यवसायलाई पुनर्जीवित गर्दै अर्थतन्त्र उकास्न गरि सरकारले यो योजना ल्याएको हो । 

प्रतिक्रिया दिनुहोस