यी ९ क्षेत्रमा परिचालन हुदैछन् सेना (कार्ययोजना सहित)

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०७७, ०८ : ०८
यी ९ क्षेत्रमा परिचालन हुदैछन् सेना (कार्ययोजना सहित)

फाईल फोटो

काठमाडौं । कोभिड १९ नियन्त्रण र रोकथामका लागि सरकारले सेना परिचालनको निर्णय गरेको छ । संविधानको धारा २७६ (४) अनुसार सरकारले सेना परिचालनको निर्णय १७ जेठको मन्त्रीपरिषद्को वैठकबाट निर्णय लिएको हो ।

विपद र विकास निर्माणका कामका लागि सरकारले सेना परिचालन गर्न सक्ने ब्यवस्था संविधानको उक्त ब्यवस्थाले गरेको छ । यत्तिका लागि सरकारले राष्ट्रपती मार्फत परिचालनको आदेश पर्खिरहन नपर्ने ब्यवस्थाको प्रयोग गरेर सरकारले सेना परिचालन गरेको हो ।

९ वटा  कार्यक्षेत्र तोकेर सरकारले सेना परिचालन गर्न लागेको हो । खासगरी भारत र अन्य तेश्रो मुलुकबाट आउने नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्वन्धी २६ बुदे कार्ययोजना पारित गर्दै  सरकारले त्यसका लागि कुन कामका लागि कुन मन्त्रालयले मुख्य जिम्मेबारी लिने, कसले सहयोगी भूमिका निर्वाह गर्ने र ति काम कति समयमा गर्ने भनेर कार्ययोजनामा उल्लेख गरिएको छ । सेना भने निम्न ९ वटाकार्यक्षेत्रमा खटिने भएका छन् ।

सेनाले के – के गर्छ ?
– नेपाल भारत सीमाका प्रवेश विन्दु ब्यवस्थापनमा गृहमन्त्रालयले मुख्य जिम्मेवारी लिएपनि सहयोगीको भूमिका निर्वाह गर्ने । (तत्कालै)

– नेपाल भारत सीमाका प्रवेश विन्दुमा नेपाली नागरिक आएपछि होल्डिङ सेन्टरमा निजको ठेगाना सहितको ब्यक्तिगत विवरण तयार गर्ने काममा गृह र स्थानिय तह जिम्मेवार भएपनि त्यसमा पनि नेपाली सेनाले सहयोग गर्ने ।

– प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पु¥याई सेन्टरवाट होटल क्वारेन्टाइन वा स्थानिय तहले ब्उवस्थापन गरेको क्वारेन्टाइनमा पु¥याउन आवश्यक यातायातको सधानको ब्यवस्थापनमा यातायात ब्यवस्थापन विभाग, टाफ्रिक प्रहरी महाशाखाको सहयोगमा मुख्य जिम्मेवारी सेनाले लिने ।

– भारतवाट आउनेलाई होल्डिङ सेन्टर र तेश्रो देशवाट आउनेलाई विमानस्थलमा स्वास्थ्इ स्वघोषणा फारम भर्न लगाउने र ज्व्रो मापन लगायतका स्वास्थ्इ जाच गर्ने काममा पनि सहयोगी भूमिकामा खटिने ।

– सीमानाकामा रहेका होल्डिङ  सेन्टरको ब्यवस्थापन गर्न स्थानिय तहको सहयोगमा मुख्य जिम्मेवारी सेनाले लिने ।

– काठमाडौंमा रहेको होल्डिङ सेन्टरको ब्यवस्थापन सेनाले गर्ने ।

– क्वारेन्टाइनको सुरक्षा, रेखदेख, निगारानी र अभिलेख ब्यवस्थापन गहृ मन्त्रालय अन्र्तगतको प्रहरी शसस्त्र र स्थानिय तहको पनि साथ लिएर सेनाले मुख्य जिम्मेवारी लिने ।

– भारत तथा अन्य मुलुकवाट नेपाल प्रवेश गरेकाहरुलाई जिल्ला सदरमुकाम हुदै सम्वन्धित तहको क्वारेन्टाइनसम्म पु¥याउने काममा पनि सेनाले प्रदेश सरकारले तोकेका मन्त्री, स्थानिय प्रशासन हरुको सहयोगमा काम गर्ने ।

– समग्र कार्यको सञ्चालन अनुगमन, नियन्त्रण र निर्देशनमा पनि सेना परिचालन हुने ।

कार्ययोजनामा के के छन् ? हेर्नहोस कार्ययोजना 

प्रतिक्रिया दिनुहोस