डोटी । भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा दुईजना मजदुर वेपत्ता भएका छन् ।
कैलालीको चुरे गाउँपालिका–१ मिलनपुर नजिकै पातली खोलाको किनारमा पाल टाँगेर बसेका सहजपुर बोगटान सडक खण्डमा काम गर्ने दुई जना मजदुरलाई गएराति बाढीले बगाउँदा बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढीले बगाएर बेपत्ता हुनेमा कञ्चनपुर गुलरिया नगरपालिका–४ का ४५ वर्षीय कमल थापा र सोही नगरपालिकाका २४ वर्षीय गोपाल कामी रहेका छन् । दुबै जनाको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय फल्टुडेबाट प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ जेठ २०७७, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तकोशीमा बेपत्ता २ जना अझै भेटिएनन्, खोजी जारी
पौडी खेल्न गएका दुई बालक नारायणी नदीमा बेपत्ता
एक महिने शिशु सुतेको ठाउँबाटै बेपत्ता
३ महिने शिशु बेपत्ता, अपहरणको आशंका
माछा मार्न गएका युवक नदीमा बेपत्ता
त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन