एमसीसी अनुमोदन गर्नेनगर्ने निर्णय संसदबाटै गराउने नेकपाको निष्कर्ष

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, १२ : ५१
एमसीसी अनुमोदन गर्नेनगर्ने निर्णय संसदबाटै गराउने नेकपाको निष्कर्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले एमसीसी अनुमोदन गर्ने नगर्ने निर्णय संसदले गर्ने बताएको छ । 

शनिबार बसेको पार्टीको सचिवालय बैठकमा एमसीसी संसदमा विचाराधीन रहेको भन्दै त्यसको छिनोफानो संसदबाटै हुने निष्कर्ष निकालेको हो । 

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा एमसीसीको विषय उल्लेख भएकोबारे छलफल भएको भन्दै संसदबाट पारित भएको अवस्थामा मात्रै सो विषय कार्यान्वयन हुने बताए । 

यसअघि नै प्रधानमन्त्रीले एमसीसी पारित हुने आशय व्यक्त गरेका थिए भने संसदमा निर्णयार्थ पेस भएपछि जे निर्णय आउँछ सोही आधारमा सरकार अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस