प्रदेश २ को सिरहा र पर्सामा गरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०७७, ११ : ०१
प्रदेश २ को सिरहा र पर्सामा गरि थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रदेश २ को पर्सा जिल्ला दुई जना र सिरहामा थप ११ मा आज कोरोना संक्रमण भएको पुष्टि भएको छ । पर्सामा संक्रमित हुनेहरुमा सखुवाप्रसौनी गापामा रहेको दीपनारायण माविको क्वारेन्टाइनका एकजना ६० वर्षिय महिला र १८ वर्षिय युवकमा संक्रमण देखिएको हो ।

उनीहरुको नारायणी अस्पतालमा गरिएको पिसिआर रिर्पोटबाट कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरि सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवका  अनुसार लहान नगरपालिका का ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्काएक जनाको ठेगाना खुल्न सकेको छैन् ।

सिरहामा आज कोरोना संक्रमण पुष्टि हुनेहरु  २८, २९ र ३३ वर्षका पुरुषहरु र उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

कोरोना संक्रमित पुष्टि भएकाहरुलाई  धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ । योसँगै सिरहामा  कोरोना संक्रमण को सख्या जम्मा २५ संक्रमण पुष्टि भएको हो । ति मध्ये २ जना प्रहरी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस