- दिपा मेवाहाङ राई
हिजै मात्र हो डाडाँघरे
जमिन्दार बाको सिकुवाबाट
ठुल्ठुला आवाजको नारामा
रेडियोले फुकेको थियो
देशमा गणतन्त्र आइसक्यो भनेर
तर खै ? अझै...
कैयौ बस्ती उजाडिएर
कैयौ कोख रित्तिएर
कैयौ भर्जिन नागरिकहरू
पटक पटक बलात्कार भए
तर,
शुन्य प्रसाशन छ,
शुन्य कानुन छ
गरिबी र अभावहरु
एकाएक राहदानी च्यापेर
क्रमश: पलायनमा छन् ।
केही थान पाइलाहरु
आकाशभन्दा ठूलो सपना बोकी
सागुरो गलछेटोहरूमा लामबद्द
विवशताको गह्रौ भारी खेपेर
सुनौला ताराहरूको वस्तीमा पसिना खेपी रहेकाछन्
एउटा वयाेबृद्द बुवा
अशक्त पाइलाहरुसंग
भाँचिएका आधा लौरो टेक्दै
आफ्ना आशा भरोसाको सन्तान
विदाइ गर्न विवश छन न्याऊरो अनुहारमा ।
उता गणतन्त्र भने
खुल्ला मैदानमा रातो कार्पेट बिछ्याएर
झ्याली पिटी रहेको छ
गणतन्त्र - जिन्दावाद ।
गणतन्त्र - जिन्दावाद ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक
एकसाथ कविता र कथाका दुई पुस्तकस् ‘ओ पेङ्दोर्जे’ र ‘मुसुक्क म’