सिरहाका दुई प्रहरीलाई कोरोना भाइरस संक्रमण

पत्रपत्रिकाबाट

बुधबार, १४ जेठ २०७७, १८ : ५४
सिरहाका दुई प्रहरीलाई कोरोना भाइरस संक्रमण

काठमाडौँ । सिरहाका दुई प्रहरीलाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।  सिरहाका प्रहरी उपरीक्षक (एसपी) उमा चतुर्वेदीको सुरक्षा गार्ड र चालकमा कोरोना संक्रमण पुष्टि भएको हो । 

सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईँले ३० वर्षीय सुरक्षा गार्ड ३९ वर्षीय एक चालकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको बताए । 

उनले अहिले संक्रमित दुबै जनालाई जिप्रका सिरहाले निर्माण गरेको आईसोलेशन वार्डमा भर्ना गरिएको गरिएको बताए ।  उनका अनुसार संक्रमित मध्ये एक जना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र अर्का एकजना ओखलढुंगा सिद्धिचरण नगरपालिकाका हुन् ।