कोरोना अपडेट

विश्वभर ३ लाख ५० हजारको निधन, अमेरिकामा मात्रै १ लाखले ज्यान गुमाए

एजेन्सी

बुधबार, १४ जेठ २०७७, ०९ : ४८
विश्वभर ३ लाख ५० हजारको निधन, अमेरिकामा मात्रै १ लाखले ज्यान गुमाए

एजेन्सी ।  विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ३ लाख ५० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । 

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म कोभिड–१९ बाट विश्वभर कम्तिमा तीन लाख ५२ हजार ३ सय २५ जनाको ज्यान गएको छ । विश्वभर संक्रमितको संख्या ५६ लाख ८४ हजार भन्दा बढी रहेको छ ।

महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या १६ लाख ८० हजार भन्दा बढी पुगेको छ । त्यहाँ कोभिड–१९ को बाट १ लाख भन्दा बढीको ज्यान गइसकेको छ ।महामारीको नयाँ ‘हट स्पट’ बन्दै गएको दक्षिण अमेरिकी देश ब्राजिलमा कुल संक्रमितको संख्या अमेरिकापछि सबैभन्दा धेरै छ । त्यहाँ अहिलेसम्म तीन लाख ९१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट ब्राजिलमा २४ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।

संक्रमितको संख्या रुसमा तीन लाख ६२ हजार भन्दा बढी तथा बेलायतमा दुई लाख ६६ हजार, स्पेनमा दुई लाख ३६ हजार र इटालीमा दुई लाख ३० हजार भन्दा बढी रहेको छ ।बेलायतमा ३७ हजार १३०, इटालीमा ३२ हजार ९५५, फ्रान्समा २८ हजार ५३३ तथा स्पेनमा २७ हजार ११७ जनाको ज्यान गएको छ । कोरोना रोकथामको प्रयास गरिएपनि संक्रमण र मृत्यु दर भने घटन सकेको छैन् ।