आर्थिक सर्वेक्षण : गरिबी साढे १६ प्रतिशत, प्रतिव्यक्ति आय १०८५ डलर

पत्रपत्रिकाबाट

बुधबार, १४ जेठ २०७७, ०८ : १८
आर्थिक सर्वेक्षण : गरिबी साढे १६ प्रतिशत, प्रतिव्यक्ति आय १०८५ डलर

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको छ भने प्रतिव्यक्ति आय १ हजार ८५ डलर पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसद्समक्ष पेस गरेको आर्थिक सर्वेक्षणमा गरिबी घटेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७४-७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबी चालू आर्थिक वर्षमा १६.६७ प्रतिशत रहने अनुमान अर्थमन्त्री डा। खतिवडाको रहेको छ । गत वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर मात्र थियो ।

कोभिड–१९ का कारण यस वर्ष आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने सर्वेक्षण सरकारको छ । गत १७ वैशाखमा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।
आव २०७५-७६ मा नेपालको आर्थिक वृद्धि ६.७५ प्रतिशत भएको थियो । आव २०७४-७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ । कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने जानकारी अर्थमन्त्री खतिवडाले सदनलाई दिएका थिए ।

अर्थमन्त्री खतिवडाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा १४ को उपदफा २ बमोजिम मुलुकको आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक परिसूचकको अवस्था र विश्लेषणसमेत समावेश गरीे आव २०७६-७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गरिएको हो ।

आव २०७६-७७ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेर १ लाख २६ हजार १८ (अमेरिकी डलर १,०८५) पुग्ने अनुमान सरकारले गरेको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस