नापी विभागको स्वीकृतिविना नेपालको नक्सा छापे २० हजार जरिवाना

सफल खबर संवाददाता

मंगलबार, १३ जेठ २०७७, १७ : ४९
नापी विभागको स्वीकृतिविना नेपालको नक्सा छापे २० हजार जरिवाना

काठमाडौं । हालै जारी भएको नेपालको नक्सा नापी विभागको स्वीकृतिविना व्यवसायिक रुपमा मुद्रण गरी बिक्री वितरण गरे कारवाही गर्ने चेतावनी दिएको छ ।

मंगलबार विभागले दोस्रो पटक अर्को सूचना निकालेर कानुनविपरित नगर्न सचेत गराएको हो ।

यसरी कानुनविपरित कसैले नक्सा छापे वा बिक्री वितरण गरे २० हजार जरिवाना र सो सामाग्री बरामद गर्न सकिने विभागको भनाई छ । 

प्रतिक्रिया दिनुहोस