थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६७५ पुग्यो

सफल खबर संवाददाता

सोमबार, १२ जेठ २०७७, ११ : १०
थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम दिन प्रति दिन बढ्दो छ । आज (सोमबार) थप ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज थप ७२ जनामा कोरोना संक्रमण देखिएको र कुल संक्रमितको संख्या नेपालमा ६७५ पुगेको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३७, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा २१, भेरी अस्पताल नेपालगंजमा ५ र प्रदेश अस्पताल सुर्खेत÷पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा २ जना संक्रमित फेला परेका छन् । 

संक्रमित हुनेहरुमा काठमाडौं टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका ३ र ६ मा २७, ४१ र ३६ वर्षिय पुरुष, धनुषा नगराईन नगरापालिकाका ३०, ३१ र ४५ वर्षिय पुरुष, कपिलवस्तु शिवराज नगरपालिका ४, ५ र ६ मा १९,२० र २३ वर्षिय पुरुष, बारा स्थित कलैया नगरपालिका १ मा २५ र ३२ वषिय पुरुष रहेका छन् । त्यसै गरि सबैभन्दा बढी संक्रमित हुने रौतहटमा राजपुर फरहदवा २, ६, ८ र इशनाथ २ का गरि २६ जना पुरुषमा संक्रमण देखिएको हो ।

त्यस्तै सप्तरी डाक्नेश्वरी गाँउपालिकामा २ जना पुरुष, बर्दिया बासगढी ९ मा १ जना पुरुष, बाँके स्थित दुधवा गाँउपालिका र राप्ती सोनारी गाँउपालिकामा ४ जना पुरुष, बारा गढीमाई नगरपालिकाका २१ जना पुरुष, दैलेख स्थित नारायण नगरपालिका र ढुंग्ेश्वर गाँउपालिकामा ४ जना पुरुष र १ जना महिला, गुराँस गाँउपालिकामा २ जना पुरुष संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा उपचार थालिएको छ । 
 

प्रतिक्रिया दिनुहोस