भरतपुर २६ ले आदर्श माविमा बनायो क्वारेन्टाइन

हिरालाल आचार्य ‘डायमण्ड’

आइतबार, ११ जेठ २०७७, १७ : ४८
भरतपुर २६ ले आदर्श माविमा बनायो क्वारेन्टाइन

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २६ ले आदर्श माध्यमिक विद्यालयमा क्वारेन्टाइन निर्माण गरेको छ ।

विद्यालयको भवनमा १० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो । वडाध्यक्ष ज्ञानप्रसाद खनालले आवश्यकता अनुसार बेड सँख्या थप्दै लैजाने बताए । खनालका अनुसार स्थानीय संघसंस्था र व्यक्तिहरुको आर्थिक सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको हो । 

महानगरपालिकाको निर्णयअनुसार वडाले क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएको हो । क्वारेन्टाइनमा बसेकाहरुलाई खानाको व्यवस्था आफन्तले गर्नुपर्ने छ । चिया खाजाको व्यवस्था भने वडाले गर्ने वडाध्यक्ष खनालले बताए । अति विपन्न परिवारका सदस्यलाई भने खानाको व्यवस्था पनि वडाले नै गर्ने उनले बताए । 

क्वारेन्टाइन स्थल नजिकै स्वास्थ्य चौकी भएकाले त्यहीँका स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइनमा बसेकाहरुको निगरानी गर्नेछन् । 

हाल भारतबाट आएका एक जना क्वारेन्टाइनमा बसिरहेका छन् । भारतलगायत छिमेकी जिल्लाबाट आएकाहरुलाई यसै क्वारेन्टाइनमा ल्याएर सहयोग गर्न वडावासीहरुलाई अध्यक्ष खनालले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस